शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री आले र राजदूत मिक्यालरबीच भेटवार्ता

बुधबार, ०२ चैत २०७८, १४ : ५०
बुधबार, ०२ चैत २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा मन्त्री आलेले अमेरिकी सरकारले नेपालको विकासलगायतका विविध क्षेत्रका साथै कोरोना भाइरसविरुद्ध लड्नका लागि गरेको सहयोगको सराहना गरे । कार्यवाहक राजदूत मिक्यालरले नेपालमा पर्यटन प्रवद्र्धन, कला संस्कृति तथा नागरिक उड्डयनका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप