प्रेमबहादुर सिंहको पार्टी एमालेमा भयो विलय
मङ्गलबार, ०८ चैत २०७८, १४ : ३३

पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो । उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानी मन्त्री बनेका थिए । उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर सुरुवात गरेकी थिइन् । तर, केही समय राजनीतिबाट निष्क्रिय रहेकी करिश्मा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीओ विवाद : धितोपत्र बोर्डले प्रक्रिया पूरा नगरेका कम्पनीको नाम छुट्टै सार्वजनिक गर्ने
-
हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग
-
राष्ट्रिय युवा सङ्घ नेपालकाे विशेष परिपत्र : अधिवेशन नभएका जिल्ला स्वतः आयोजक कमिटीमा रूपान्तरण
-
एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गरौँ : सिके राउत
-
प्रधानमन्त्री र ‘कोरिया रेलरोड कर्पाेरेशन’ प्रमुखबिच भेटवार्ता
-
क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा