शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

शनिबार, १३ असार २०८३, ०३ : ५३
शनिबार, १३ असार २०८३

सारांश

  • सप्तरीमा दुई राउन्ड गोलीसहित दुई युवा पक्राउ परेका छन्।
  • प्रहरीले जाँच गर्दा सुभाषकुमार पासमानबाट गोली बरामद गरेको हो।
  • दुवै जनालाई खरखजानासम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका–३ स्थित टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको (टहरा) मचानमा बसेको अवस्थामा शङ्कास्पद उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता घिमिरेले बताउनुभयो ।

उन्का अनुसार शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जानकारी दिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप