समाचार
जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको मृत्यु
शनिबार, १३ असार २०८३, १८ : ४५
बुटवल । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीले उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको रातोपाटीलाई बताए ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगिरहेको डीएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसियल हाउसको नयाँ शाखा सीतापाइलामा
-
विवादमा तानिए गायक सुजन चापागाईं, भनेः फेक अकाउन्ट हुन सक्छ
-
कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण