आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन

शनिबार, १३ असार २०८३, २३ : ०६
शनिबार, १३ असार २०८३

सारांश

  • शक्तिखोर–फिस्लिङ सडक पहिरोका कारण अवरुद्ध भएको थियो।
  • पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ।
  • यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

मुग्लिन । शक्तिखोर–फिस्लिङ सडक खण्डअन्तर्गत कालिका नगरपालिका–९ को कोलारडाँडामा आज (शनिबार) ढुङ्गासहित खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।

सडकमा खसेका ठुला ढुङ्गा र पहिरो हटाई दुईतर्फी सडक सञ्चालन गरिएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए । पहिरोको जोखिम रहेकाले शक्तिखोर हुँदै उपरदाङगढी, मायाटारलगायतका क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाएर मात्रै यात्रा गर्न उनले अनुरोध गरे ।

नगरप्रमुख रेग्मीले बर्खायाममा उक्त सडक खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्दै भने, “बर्खाको समय भएकाले यो क्षेत्रमा यात्रा गर्ने सबै यात्रुले संयमित र सुरक्षित ढङ्गले यात्रा गर्नुहोला ।”

पहिरोका कारण चितवनको इच्छाकामनाका पर्यटकीयस्थल पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपरदाङगढी, मायाटार, घुर्केसलगायतका क्षेत्रमा आवतजावत गर्ने पर्यटक बाटोमा अलपत्र परेका थिए । गर्मी मौसम सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको आवागमन बढ्ने गर्छ । बर्खा लागेसँगै सडकमा पहिरो खस्ने भएकाले शक्तिखोर–फिस्लिङ सडकको यात्रा जोखिमपूर्ण रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप