विकट बस्तीमा निःशुल्क आँखा शिविर
सारांश
- कञ्चनपुरको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरियो।
- शिविरमा १२८ जनाको आँखा जाँच, ६१ जनालाई निःशुल्क चश्मा वितरण।
- स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको बस्तीमा शिविर फलदायी भयो।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।
कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए ।
उनका अनुसार शिविरमा १२८ जनाको आँखा जाँच गरिएको थियो । जसमा ६१ जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको थियो । उपचारका क्रममा आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएका ११ जनालाई महेन्द्रनगर आँखा अस्पताल रेफर गरिएको नेत्र अधिकृत धामीले बताए । “जिल्लाको दुर्गम बस्ती स्वास्थ्य सेवा पहुँच बाहिर थियो यहाँ शिविरको आवश्यकता थियो”, उनले भने, “आखाँका बिरामीलाई यो शिविर निकै फलदायी बन्यो ।” उनका अनुसार शिविरमा अन्य सेवाग्राहीलाई समेत निःशुल्क औषधि वितरण गरिएको थियो ।
खल्ला मसेट्टीसम्म पुग्ने पक्की सहज बाटो नहुँदा यहाँका बासिन्दा स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानी जस्ता आधारभूत सेवाबाट वञ्चित छन् । महेन्द्रनगर सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यो बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । घरआँगनमै निःशुल्क सेवा पाएपछि यहाँका स्थानीय हर्षित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण