थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
सारांश
- भीमदत्त नगरपालिकाले थारू समुदायको भलमन्सा-बडघर प्रथालाई कानुनी मान्यता दिएको छ।
- नगरसभाबाट कार्यविधि पारित भएसँगै परम्परागत नेतृत्व प्रणालीले कानुनी कैसियत पाएको छ।
- यो निर्णयले थारू समुदायको पहिचान र परम्परा संरक्षणमा योगदान पुग्नेछ।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारु जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाले शनिबार १९औँ नगरसभाबाट ‘भलमन्सा तथा बडघर सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ पारित गरेपछि थारु समुदायमा पुस्तौँदेखि चलिआएको परम्परागत नेतृत्व प्रणालीले कानुनी कैसियत प्राप्त गरेको हो ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीका अनुसार कार्यविधि पारित भएसँगै भलमन्सा–बडघर प्रणालीलाई संरक्षण, प्रवद्र्धन र व्यवस्थित सञ्चालन गर्न कानुनी आधार तयार भएको छ । राना थारु समुदायको स्थानीय संस्कृति, परम्परा र सामाजिक व्यवस्थापनको अभ्यासलाई सम्मान गर्दै नगरपालिकाले ऐतिहासिक निर्णय गरेको नगर प्रमुख बोगटीले जानकारी दिए ।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम चौधरी थारु समुदायले लामो समयदेखि उठाउँदै आएको मागलाई नगरपालिकाले सम्बोधन गरेको बताए । “थारु समुदायको पहिचान, संस्कृति र परम्परागत बडघर–भलमन्साको चलनको संरक्षणका लागि यो एकदमै स्वागतयोग्य निर्णय हो,” चौधरीले भने, “लामो समयदेखि हामीले उठाउँदै आएको मागलाई नगरपालिकाले सम्बोधन गरेको छ ।” थारु समुदायका अगुवा बेद चौधरीले नगरपालिकाको उक्त निर्णयको स्वागत गर्दै कार्यविधि कार्यान्वयनसँगै थारु समुदायको मौलिक परम्परा संरक्षण भएको बताए ।
“कञ्चनपुरका केही पालिकाहरूमा यो कार्यविधि लागू भइसकेको अवस्था थियो अहिले भीमदत्त नगरपालिकाले पनि कानुनी मान्यता दिएको छ ।” उनले भने, “स्थानीय सरकारबाट कानुनी मान्यता पाएपछि अब बडघर–भलमन्सासम्बन्धी कार्यसम्पादन गर्न थप सहज हुन्छ ।” कार्यविधिले बडघर तथा भलमन्साको छनोट, अधिकार, जिम्मेवारी, आचारसंहिता तथा सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । स्थानीय तहबाट परम्परागत संस्थालाई कानुनी मान्यता दिने यो निर्णयले थारु समुदायको पहिचान जोगाउनाका साथै परम्परागत नेतृत्व प्रणालीलाई स्थानीय शासनसँग जोड्दै सामाजिक सद्भाव र विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण