नयाँ विश्व व्यवस्था र चीन
सारांश
- एसियाली नेताहरूमा इरानको स्ट्रेट अफ हर्मुज कब्जा गर्न नसकेको र दुई मोर्चामा युद्ध लड्न नसकेको भन्दै अमेरिकाको क्षमतामा आशंका बढेको छ ।
- चीनले ठूलो मात्रामा निर्यात गरी पुँजी सञ्चय गरिरहेको छ, जसले गर्दा चिनियाँ मुद्रा रेनमिनबी अमेरिकी डलरको सापेक्षतामा दबाबमा परिरहेको छ ।
- चिनियाँ नेताहरूले कन्फ्युसियस संस्कृतिको नजराना प्रणाली र सुन जुको 'आर्ट अफ वार' को दृष्टिकोणअनुसार साम्राज्य विस्तार नगरी प्रभाव विस्तारमा जोड दिइरहेका छन् ।
यो वर्षको सुरुवातको बेला एक महिनाजति मैले एसियामा बिताएँ । त्यहाँ बस्दा मैले चीन र अन्य मुलुकका उच्चस्तरका नीति निर्माताहरु भेटें । यी भेटघाटको क्रममा मलाई विश्व व्यवस्थामा ठुलो फेरबदल हुँदै गरेको अनुभव भयो ।
त्यस्तो फेरबदलका पछाडि मूलतः दुई कारण देखियो । पहिलो, इरानले ‘स्ट्रेट अफ हर्मुज’ कब्जा गरेको अवस्थालाई सम्हाल्ने मामिलामा अमेरिकाको रवैया देखेर एसियाली नेताहरूमा अमेरिकी क्षमतामा आशंका पैदा भएको देखिन्छ ।
यस्तो आशंका खासगरी अमेरिकाले एकसाथ दुई वा दुईभन्दा बढी मोर्चामा युद्ध गर्न सक्ने क्षमतालाई लिएर पाइयो । दोस्रो, चीनले आफ्नो निर्यातका कारण ठुलो मात्रामा पैसा जम्मा गरिरहेको छ । त्यसैले चिनिया कम्पनीहरु एवं बैंकहरु ठुलो पुजिगत मुनाफा र क्रय शक्ति सञ्चय गरिरहेका छन् ।
यस्तो सञ्चयका कारण चिनिया मुद्रा ‘रेनमिनबी’लाई अमेरिकी डलरको सापेक्षतामा दबाब परिरहेको छ । व्यापार तथा पुँजीगत कारोबारमा चिनिया मुद्राको प्रयोग बढिरहेको छ । चिनिया लगानीकर्ताहरू एवं पुँजी बजार अबको दिनमा अमेरिकी समकक्षीको प्रतिस्पर्धीका रूपमा उदाइरहेका छन् ।
म गत ४२ वर्षदेखि चीन आउने जाने गरिरहेको छु । चीन र अमेरिकाबिच आपसी समझदारी हुनुपर्छ भन्नेमा प्रतिबद्ध पनि छु । हामीले कन्फ्युसियस संस्कृतिको जरामा उभिएको चीनको दृष्टिकोण बुझ्नुपर्छ भन्ने ठान्छु ।
साथै चीनको नजराना प्रणाली अर्थात ‘ट्रिब्युटरी सिस्टम’ तथा द्वन्द्वबारे बेइजिङको ‘आर्ट अफ वार’ दृष्टिकोण पनि बुझ्नुपर्छ भन्ने ठान्छु । त्यसैगरी चीनले भोगेको अपमानको शताब्दी जुन समयमा वैदेशिक शक्तिहरूले चीनको ठुलो भूभाग नियन्त्रण मात्रै गरेनन् शोषण पनि गरे, त्यो पनि बुझ्नुपर्छ । जापानले सन् १८९५ मा ताइवान कब्जा गरेर सन् १९४५मा फिर्ता गरेको घटना लगायत धेरै सन्दर्भले चीनको मनोविज्ञान एवं रणनीतिक दिशा तय गरेको थाहा पाउनुपर्छ ।
नजराना प्रणाली अर्थात ट्रिब्युट सिस्टम कन्फ्युसियाली मूल्यद्वारा दीक्षित थियो । अझ विशेषगरी व्यवस्थाको स्रोत स्पष्ट रूपमा परिभाषित श्रेणीहरुबाट आउँछ भन्ने विचारबाट प्रभावित थियो । त्यस्तो प्रणालीभित्रका सम्बन्धहरू समान स्तरका बिचको सम्बन्ध हुँदैन । बरु श्रेष्ठतम र मातहतकाहरुले आफ्नो सापेक्षिक अवस्थिति बुझेर राख्ने खालको सम्बन्ध हुन्छ ।
पश्चिमाहरूले अन्य मुलुकको भूगोल नै कब्जा गरेर नियन्त्रण गर्ने खालको दृष्टिकोणभन्दा चिनिया नेताहरूको बुझाई विल्कुल फरक छ । अमेरिकाले ८० भन्दा बढी मुलुकमा ७ सय देखी ८ सय हाराहारी सैन्य अखडा स्थापना गर्दै गर्दा चीनको भने जम्मा एउटा मात्रै हुनुको पछाडिको मुख्य कारण नै यही हो ।
त्यस्तो श्रेणिगत तहमा बलियो शक्तिले कमजोरसँग राम्रो व्यवहार गर्नुपर्ने हुन्छ । साथै कम शक्तिशालीले बेसी शक्ति भएकासँग पनि राम्रो व्यवहार गर्नुपर्छ । त्यसो हुँदा त्यहाँ सद्भाव कायम हुन्छ भन्ने मानिन्छ । यदि कम शक्ति भएकोले ठुलो शक्तिसँग गलत व्यवहार गरेको अवस्थामा उसलाई सजाय हुन्छ । बढी शक्ति भएकाले त्यस्तो सजाय दिन्छ ।
त्यस्तो सजाय ठ्याक्कै हिंसात्मक हुन्छ भन्ने त हुँदैन तर दबाब र धोकाको प्रयोग भने पक्कै हुन्छ । सुन जुले आफ्नो प्रख्यात कृति ‘द आर्ट अफ वार’मा भनेका छन् ‘लडाई नगरी आफ्नो दुस्मनलाई ठेगान लगाउनु नै सबैभन्दा ठुलो सीप हो ।’
तीनै सांस्कृतिक विश्वासहरूको विस्तारको रूपमा चिनिया नेताहरू अहिले पनि अरू मुलुकलाई नियन्त्रण गर्नका लागि आफ्नो साम्राज्य विस्तार गर्न खोज्दैनन् । किनभने उनीहरूलाई त्यस्तो काम प्रभावकारी हुँदैन भन्ने लाग्छ ।
पश्चिमाहरूले अन्य मुलुकको भूगोल नै कब्जा गरेर नियन्त्रण गर्ने खालको दृष्टिकोणभन्दा चिनिया नेताहरूको बुझाई विल्कुल फरक छ । अमेरिकाले ८० भन्दा बढी मुलुकमा ७ सय देखी ८ सय हाराहारी सैन्य अखडा स्थापना गर्दै गर्दा चीनको भने जम्मा एउटा मात्रै हुनुको पछाडिको मुख्य कारण नै यही हो ।
पछिल्ला केहि महिनामा देखिएका घटनाहरू नियालेर हेर्दा मात्रै पनि हामी आउने दिनको विश्व व्यवस्था कस्तो हुँदैछ भन्ने भेउ पाउन सक्छौँ । धेरै विदेशी नेताहरू बेइजिङको भ्रमणमा गए । कसैले आफ्नो प्रतिनिधि पठाए । यो सबै गतिविधि चीनका राष्ट्रपति सी जिनपिङसँग ‘ट्रिब्युट’ स्वरूपको सम्बन्ध निर्माण गर्नका लागि गरिएको थियो ।
तर कसैले पनि ठ्याक्कै यस्तै शब्दमा भने त्यसलाई परिभाषित गरेका छैनन् । यही परिवर्तनको प्रतिबिम्बित सी जिनपिङले अमेरिकी राष्ट्रपतिलाई घुमाउरो धम्कीको भाषामा अमेरिकाले ताइवानलाई हतियार बेच्ने कुरा चीनले राम्रो नमान्ने प्रस्ट पारे ।
विश्व नेताहरूलाई अहिलेको समयमा ‘माइक्रोचिप’हरु सबैभन्दा महत्त्वपूर्ण आर्थिक सम्पत्ति हुन भन्ने राम्रोसँग थाहा छ । माइक्रोचिपहरु अबको दिनमा तेल भन्दा पनि महत्त्वपूर्ण छन् । साथै यो पनि राम्रोसँग थाहा छ संसार ताइवानले बनाउने चिपमा निर्भर छ ।
सी जिनपिङ आफ्नै नेतृत्वमा ताइवानसँग पुनःएकिकरण चाहन्छन् साथै कुनै ठुलो सैन्य झडप बेगर सो काम फत्ते गर्न दबाब बढाउन सक्छन् भन्ने धेरैको बुझाई छ । ताइवानको कोमिन्ताङ पार्टिको अहिलेको प्रमुख तथा चीनसँग निकट सम्बन्ध राख्नुपर्ने पक्षमा उभिएकी विपक्षी नेतृ चेङ लि–उनले गत अप्रिल महिनामा बेइजिङ पुगेर सी जिनपिङसँग भेटिन । साथै पछिल्लो समय दुई हप्ता अमेरिकामा बिताइन । अमेरिकामा रहँदा उनले अमेरिकी कंग्रेसका सदस्यहरूसँग पनि भेटेकी थिइन ।
विश्व नेताहरूलाई अहिलेको समयमा ‘माइक्रोचिप’हरु सबैभन्दा महत्त्वपूर्ण आर्थिक सम्पत्ति हुन भन्ने राम्रोसँग थाहा छ । माइक्रोचिपहरु अबको दिनमा तेल भन्दा पनि महत्त्वपूर्ण छन् । साथै यो पनि राम्रोसँग थाहा छ संसार ताइवानले बनाउने चिपमा निर्भर छ ।
ताइवानबाट चिपको निर्यातमा हुनसक्ने नाकाबन्दीको खतराबारे सबैको चासो बढिरहेको छ । नाकाबन्दी भएको खण्डमा विश्वभरको शेयर बजार अझ एआई कम्पनीहरुको शेयर बजारमा धेरै खराब असर पर्छ । चिपको आपुर्तिमा सामान्य जोखिम बढ्दा मात्रै पनि ठुलो असर पर्छ । त्यसले पनि हिंसात्मक द्वन्द्व बेगर नै नाकाबन्दिले पार्न सक्ने प्रभावको शक्ति देखाउछ ।
चिपको निर्यात रोक्न सक्ने सैन्य नाकाबन्दी चीनले उपयोग गर्न सक्ने धेरै सम्भावित दबाबको तरिकामध्ये एउटा मात्रै हो । यद्यपि यो उल्लेखनीय तरिका हो किनभने चीनले सन २०२८ सम्ममा आफूलाई चिप उत्पादनमा आत्मनिर्भर बनाउने योजना बनाएको छ ।
त्यसबेला बाँकी विश्व भने चिपका लागि ताइवानसँगै निर्भर रहेको हुनेछ । यस्तो परिस्थितिमा चीनले अमेरिकालाई असाध्यै असहज परिस्थितिमा पुर्याउन सक्छ । अमेरिकालाई लडाई गर्ने वा नगर्ने रोज्नुपर्ने अवस्थामा पुर्याउन सक्छ ।
जुन विकल्प रोज्दा पनि अमेरिकालाई अप्ठेरो हुनेछ । युद्ध नलड्ने विकल्प रोजेको अवस्थामा अमेरिकी शक्ति घटेको देखिन थाल्छ । त्यसो हुँदा चीनले विना युद्ध केवल धम्कीको सहारामा आफूलाई सहज अवस्थामा पुर्याउन सक्छ ।
देखाउनका लागि मात्रै चाहिने तर प्रयोग गर्नु नपर्ने तागत हुनु भनेको शक्तिको सबैभन्दा ठूलो प्रदर्शन हो । मलाई लाग्छ कन्फ्युसियाली परम्पराको जरामा उभिएको यस्तो चिनियाँ दृष्टिकोण एसियामा नयाँ व्यवस्थाको रूपमा देखा पर्नेछ ।
यसले भूराजनीतिमाथि पकडका लागि हुने लडाइँलाई यति सूक्ष्म बनाउने छ कि हामीले त लडेको पनि भेउ नपाउन सक्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण