नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने
नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यानमारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढ्ने बताए । यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने उनले उल्लेख गरे । शुक्रवारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए ।
सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने उनले स्पष्ट पारे । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भएपनि जलवायु परिवर्तनको असर स्वरुप छिट्टै आँधी आएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण