दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
सारांश
- चलचित्र ‘रोल नं १’ दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले ‘रङ्गिन सपना’ नामक नयाँ गीत सार्वजनिक गरेको छ ।
- उज्ज्वल सागरको स्वर रहेको यस गीतमा रोशन अधिकारीको शब्द तथा संगीत छ ।
- गीतले उज्ज्वल भविष्यको कामना, सपना र अभिभावकको कथालाई उठान गरेको छ ।
काठमाडौँ । चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक गरिएको छ । फिल्म दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक गरेको हो ।
उज्ज्वल सागरको स्वर रहेको गीतमा शब्द रोशन अधिकारीको छ भने संगीत सागरले नै दिएका छन् ।
गीतले सपना कुरा गर्छ । गीतले उज्ज्वल भविष्यको कामना गर्दै त्यसका लागि देख्ने सपना र मेहनतको विषय उठान गरेको छ । सन्तानको सुखमा खुसी हुने अभिभावक र दुःखमा दुखी बाबुआमाको कथा गीतमा उनिएको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार छन् । जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण