आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा

बिहीबार, १० चैत २०७८, १७ : १९
बिहीबार, १० चैत २०७८

सानिमा बैंकले बिहीबार चितवनको टाँडीमा बैंक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्यका साथै संचालक डा केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे । 

समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

समुद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने विश्वास लिए । सानिमा बैंकको हाल देशभर १२६ कार्यालय र ११४ वटा एटिएम संचालनमा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप