लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
आइतबार, ०६ जेठ २०८१, १४ : ५७
काठमाडौँ । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरूको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्व टोली जेठ ५ मा गएपछि स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५९ जना शान्ति सैनिकहरू सेनानी मोहन सिंह भण्डारीको नेतृत्वमा आइतबार स्वदेश फिर्ता भएको छ ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण