कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका

काठमाडौँ । कामना सेवा विकास बैंक र एफवानसफ्टबिच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले रु ५० को टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ ।
त्यसैगरी, ग्राहकहरूले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने बैंकले जनाएको छ ।
यसै गरी, कारोबार गर्ने ग्राहकहरू मध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कारमा स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त–भर लागु हुनेछ ।
बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम बुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने
-
‘ब्रुकलिन ब्रिज’मा ठोक्कियो मेक्सिकन नौसेना प्रशिक्षण जहाज
-
कतारमा नयाँ युद्धविराम वार्ता, हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव