कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
काठमाडौँ । कामना सेवा विकास बैंक र एफवानसफ्टबिच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले रु ५० को टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ ।
त्यसैगरी, ग्राहकहरूले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने बैंकले जनाएको छ ।
यसै गरी, कारोबार गर्ने ग्राहकहरू मध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कारमा स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त–भर लागु हुनेछ ।
बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम बुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण