उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था
जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो । जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ ।
उदयपुरमा ३६ वटा मतदान स्थल मात्र सामान्य सूचीमा वर्गीकरण गरिएको छ । उदयपुरमा ९८ वटा मतदान स्थल अन्तर्गत २ सय ५८ वटा मतदान केन्द्र छन् । मतदान केन्द्रमा १ हजार ६ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘जिल्लाका सबै स्थानमा रिर्जभ फोस पनि परिचालन गरिएको छ ।
मतदान स्थलमा स्टाइकिङ् टोली पनि खटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने, ‘निर्वाचनलाई लक्षित गरेर केही समुहले निर्वाचन बहिष्कार लगायतका गतिविधिलाई पनि नियालेर सुरक्षा व्यवस्था पुरै कडाई गरिएको हो ।
उदयपुरमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसहित अन्य स्वतन्त्र गरि १ हजार ४ सय ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ती उम्मेदवारहरूलाई पनि सुरक्षा प्रदान गर्न सुरक्षाकर्मीले निगरानी राख्ने जानकारी दिए । यहाँ सुरक्षाको लागि नेपाल प्रहरीका ६ सय ११ जना, म्यादी प्रहरी १ हजार ५ जना, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
‘तीन घेरा सुरक्षा नीति अनुसार भित्री कोर टीममा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सपोर्टिङ्मा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेनाको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन गर्नु पर्ने सम्पूर्ण काम सकिएको बताउँदै जिल्लामा चार तहमा सुरक्षाकर्मी परिचालन भइ सकेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । जिल्लामा अतिसंवेदनशिल र संवेदनशिल मतदान स्थलमा थप्प सुरक्षामा बम डिष्पोजल सहितको टोलीलाई परिचालन गरि तैनाथ गरिएको छ । स्थानीय निर्वाचन सफल बनाउन र उदयपुरको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबीसै घण्टा सेना परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री