पर्वतको पैयुँ गाउँपालिकामा ९०१ मत गणना हुँदा गठबन्धनको अग्रता
पर्वतको पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । रुख चिन्हबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका राज मल्ल ठकुरीले ४७१ मत प्राप्त गरी अग्रता लिएका छन् । जारी मत गणनामा नेकपा एमाले पैयुँ गाउँपालिकाका उम्मेदवार महेन्द्र श्रेष्ठले ४३० मत ल्याएका छन् । यस्तै, मतगणना जारी रहँदा एमालेबाट उपाध्यक्षमा उम्मेदवार यामकुमारी रानाले ४६८ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् भने काँग्रेसबाट उम्मेदवार जानकी प्रधानले ४३७ मत प्राप्त गरेकी छन् ।
पैयुँ गाउँपालिका वडा १ टकलाकमा रुख चिन्हले अग्रता लिएको छ । वडा नम्बर एकमा रुख चिन्हबाट उम्मेदवार मीन न्यौपानेले २९२ मत ल्याएका छन् भने एमालेका उम्मेदवार प्रेमबहादुर रानाले २४६ मत प्राप्त गरेका छन् । यस्तै, पैंयु गाउँपालिका वार्ड नम्बर २ त्रिवेणीको वडा अध्यक्षमा हँसिया हतौडा चिन्ह लिएर तेजबहादुर रानाले १८५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने वडा नम्बर २ का एमालेका अध्यक्षका उम्मेदवार नर भूपाल काफ्लेले १५९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार