
ललितपुरको गोदावरीमा मतगणना : मेयरमा एमाले र उपमेयरमा काँग्रेसको अग्रता

ललितपुरको गोदावरी नगरपालिकामा अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म नगरपालिकाका १,२,३, ४,५,६,७, ८ नम्बर वडाको मतगणना सम्पन्न भैसकेको छ । जसमा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवारले ७ हजार ७ सय मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ८ हजार २१ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमाले मेयरका उम्मेदवारले ७ हजार ८०२ मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ७ हजार ११९ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् भने उपमेयरमा काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । अहिले मतगणना जारी छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ