शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहालले बनाइन् २१९८ मतको अग्रता

बुधबार, ०४ जेठ २०७९, १९ : १९
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् । ३१ हजार ६९३ मत गणना हुँदा मेयरका उम्मेदवार उनले २१९८ मतको अग्रता बनाएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसअनुसार दाहालले ११७१६  मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ९५१८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१४७ मत पाएका छन् । ​उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३८९१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ७७२८ मत पाएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप