युक्रेनको दाबी : सीमा पार गर्ने रुसको प्रयास विफल पारियो
खार्किभ । युक्रेनले उत्तरपूर्वी खार्किभमा सीमा पार गर्ने रुसी प्रयासलाई असफल बनाएको दाबी गरेको छ । रुसले खार्किभको उत्तर-पूर्वी क्षेत्रबाट सीमा पार गर्न खोजेको तर (रुस) एक मिटर जमिन कब्जा गर्न सफल नभएको युक्रेनले बताएको हो ।
एक युक्रेनी अधिकारीले रुसले सीमामा आफ्नो आक्रमण बढाएको तर युक्रेनको दोस्रो सहर कब्जा गर्ने क्षमता नभएको दाबी गरे । रुसले बेलगोरोड क्षेत्रबाट सीमापार आक्रमण गरिरहेको र १० मिटर बफर जोन बनाउन खोजिरहेको युक्रेनी रिपोर्टमा दाबी गरिएको छ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी सेनाले हाम्रा सैनिकहरूसँग भिडन्त भएको र भयङ्कर युद्ध भइरहेको बताएका छन् । युक्रेनले हालै अमेरिकाबाट ६१ अर्ब डलर बराबरको सैन्य सहायता पनि प्राप्त गरेको छ ।
त्यस्तै बेलायतले युक्रेनलाई युद्ध जारी नहुँदासम्म हरेक वर्ष करिब चार अर्ब डलर बराबरको सैन्य सहायता दिने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण