'गाजामा अमेरिकी हतियार प्रयोग गरेर इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानुन तोडेको हुनसक्छ'
वासिङ्टन । इजरायलले गाजा युद्धका क्रममा अमेरिकी हतियार प्रयोग गरेर केही अवसरमा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको अमेरिकाले आशङ्का व्यक्त गरेको छ । यद्यपि अमेरिकी सरकारले पनि यसबारे पूर्ण जानकारी नभएको बताएको छ । यसबारे अमेरिकी संसद्मा प्रतिवेदन पनि पेस गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले गत वर्षदेखि पठाइएको अमेरिकी हतियार इजरायलले कसरी प्रयोग गर्यो भन्ने विषयमा अनुसन्धान गर्न आदेश दिएका छन् । अमेरिकाले हालै इजरायललाई गाजाको रफाहमा कुनै ठुलो कारबाही नगर्न आग्रह गरेको छ।
अमेरिकाले इजरायलले रफाहमा कुनै ठुलो कारबाही गरेमा हतियारको आपूर्ति बन्द गर्ने चेतावनी समेत दिएको छ । तर, इजरायलले रफाहमा ठुलो कारबाही नगरी हमासविरुद्धको युद्ध जित्न नसक्ने दाबी गरिरहेको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले आवश्यक परे यो लडाइँमा इजरायल एक्लै उभिने बताएका छन् । यदि इजरायलले रफाहमा ठुलो कारबाही गरेमा हजारौँ मानिसको ज्यान जान सक्ने अमेरिकालगायत अन्य संगठनहरूले चिन्ता व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण