आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ८ हजार मतले अगाडि

बिहीबार, ०५ जेठ २०७९, ०९ : ०३
बिहीबार, ०५ जेठ २०७९

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १६ हजार ११३ मत ल्याएका छन् । सिंहका निकटतम् प्रतिस्पर्धी एमालेका विजय सरावगीले ८ हजार २०५ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ७ हजार ९०८ मतले अगाडि छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ७०८ मत ल्याएका छन् । 

महानगर उपप्रमुख पदमा पनि गठबन्धका उम्मेदवार ९ हजार १९० मतले अगाडी छन् । गठबन्धनका उम्मेदवार इम्तियाज आलमले ११ हजार ४६३ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले २ हजार २७३ मत प्राप्त गरेका छन् । महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले १ हजार ६६३ र राप्रपाकी उम्मेदवार बिना जैसबालले १ हजार १९३ मत ल्याएकी छिन् ।

३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म वडा नं १,२,३,४,५,६,२९,३०,३१ र ३२ गरी ९ वटा वडाको मतगणना घोषणा भईसकेको छ । महानगरको घोषणा भएका ९ वटा वडा मध्ये जसपाले ५, काँग्रेस र एमालेले २÷२ वटा वडामा विजय हासिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप