करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस
काठमाडौँ । अभिनेत्री करीना कपूर खान द्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’मा उल्लेखित ‘बाइबिल’शब्दलाई लिएर अदालतले कारण माग गरेको छ ।
अभिनेत्री करीना कपूर खान ती अभिनेत्रीमा पर्छिन्, जसले आफ्नो गर्भावस्थालाई कहिल्यै गोप्य राखिनन् र उनले खुलेरै गर्भावस्थाका बारेमा सबै जानकारी फ्यानमाझ बाँडिन् । यहाँसम्म कि उनले यो अनुभवलाई एक पुस्तकमा नै समेटिन् ।
उनले सन् २०२१ मा प्रेग्नेन्सी पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ सार्वजनिक गरेकी थिइन् । यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । तीन वर्षपछि यही पुस्तक कानूनी विवादमा परेको छ ।
पुस्तकले अदालतबाट लिगल नोटिस पाएको छ । मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासमा करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गराउने वकिल क्रिस्टोफर एन्थोनीको निवेदनमा नोटिस जारी भएको छ ।
‘जब वी मेट’ अभिनेत्रीलाई नोटिस पठाउने प्रमुख कारण पुस्तकको शीर्षकमा प्रयोग भएको ‘बाइबिल’ हो । अदालतले अभिनेत्रीलाई पुस्तकमा ‘बाइबिल’ लेख्नुको कारण माग गरेको छ । उजुरीकर्ताले किताबको बिक्रीमा रोक लगाउन माग गरेपछि प्रकाशकलाई पनि अदालतले नोटिस जारी गरेको छ ।
मध्य प्रदेशको जबलपुरका सामाजिक अभियन्ता क्रिस्टोफर एन्थोनीले पुस्तकको नाममा प्रयोग गरिएको ‘बाइबिल’ शब्दले इसाई समुदायको भावनामा चोट पुर्याएको दाबी गरेका छन् । ‘बाइबिल विश्वभर इसाई धर्मको पवित्र किताब हो र करीना कपूर खानको प्रेग्नेन्सीको तुलना बाईबलसँग गर्नु गलत हो’ उजुरीमा उल्लेख छ ।
यसअघि पनि ‘बाइबिल’ शब्द प्रयोग गरिएपछि आपत्ति जनाइएको थियो । उजुरी गर्ने व्यक्तिले प्रहरीसमक्ष करीनाविरुद्ध एफआईआर दर्ता गराएका थिए, तर प्रहरीले त्यो दर्ता गर्न अस्वीकार गरेको थियो । पुनः ती व्यक्तिले तल्लो अदालतमा उजुरी दर्ता गराएका थिए । तल्लो अदालतले पनि उक्त उजुरी खारेज गरेको थियो । अहिले हाई कोर्टले करीनासँग जवाफ मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण