बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म ‘बाटो : रोड टु डेथ’ जेठ ३२ मा प्रदर्शन हुने

आइतबार, ३० वैशाख २०८१, ०७ : ५६
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । नेपाली तथा अङ्ग्रेजीसहित विभिन्न चार भाषामा निर्माण भएको फिल्म ‘बाटो: रोड टु डेथ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण संस्था काठमाडौँ फिल्मस्ले फिल्म आगामी जेठ ३२ मा सार्वजनिक प्रदर्शनमा ल्याउन लागेको जानकारी गराएको छ । 

सेन्सर समेत भैसकेको फिल्मको कन्टेन्ट अनुसार यसलाई १६ वर्षभन्दा माथिको उमेर समूहका दर्शकले मात्र हेर्न सक्नेछन् । यसअघि नै साउथ इन्डियन शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्मका प्रचार सामग्रीले दर्शकलाई लोभ्याइसकेका छन् ।

काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायाकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा स्थापित व्यक्तित्व हुन् ।

भारतको चेन्नाइमा प्राविधिक कार्य गरिएको यो फिल्म नेपाली, अङ्ग्रेजी, तमिल तथा हिन्दी गरी चार भाषामा तयार हुनेछ ।

फिल्ममा सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झा काठमाडौँ फिल्मका फाउन्डर समेत हुन् ।

काठमाडौँ तथा गाईघाटमा छायाङ्कन भएको फिल्म डब्बी एटमस साउन्डमा तयार पारिएको छ । डब्बी एटमस साउन्ड सिष्टमबाट नेपालमा पहिलो पटक फिल्म तयार गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप