आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा गठबन्धनमा गडबड, उपमेयरमा काँग्रेसलाई धक्का

बिहीबार, ०५ जेठ २०७९, १५ : ५६
बिहीबार, ०५ जेठ २०७९

पोखरा महानगरपालिकामा गठबन्धन दलभित्र गडबड हुँदा नेपाली काँग्रेसलाई उपमेयरको निर्वाचन परिणाममा धक्का लाग्ने देखिएको छ । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार करिव २५ सय मत अगाडि हुँदा काँग्रेसको तर्फबाट उपमेयर बनेको कोपिला रानाभाटको मत भने कम छ । 

पोखरा महानगरपालिकाको वडा बाँडफाँडको बिषयमा जसपा र माओवादीलाई विभेद गरेको भन्दै काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी रानाभाटलाई माओवादी र जसपाका नेता कार्यकर्ताले नरुचाएको नेताहरुको भनाइ छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेको धनराज आचार्यले भने गठबन्धन दलको अन्तरविरोधमा प्रवेश नगरेको कारण आचार्यसँग भने अन्य गठबन्धन उदार रहेको देखिन्छ । 

यतिबेलासम्म पोखरामा वडा नम्बर १,२,३,४,५,६,१२,१३,२३,२४,२५ र २६ को मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएको १२ वडामध्ये ३ वडामा एमालेले विजय हाँसिल गरेको छ भने काँग्रेसले ९ वडामा अध्यक्ष पदमा विजय हाँसिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप