हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित हालसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको सूचना प्रणालीमा मङ्गलबार ७ बजेसम्म प्रविष्ट भएको विवरणअनुसार नेपाली काँग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का पाँच हजार १९, जनता समाजवादी पार्टी, नेपालका एक हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९ र नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् ।
यसैगरी जनमत पार्टी (जपा) का ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टी, नेपालका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझा पार्टीका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका ६, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा (माओवादी समाजवादी)का दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३८३ जना निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन