बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमको बुँदा १३६ मा ओलीको आपत्ति- ‘भ्रष्टाचार प्रवर्द्धन गर्ने ?’

बिहीबार, १२ जेठ २०७९, १२ : ००
बिहीबार, १२ जेठ २०७९

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा आपत्ति जनाएका छन् । सो बुँदाले सरकारले नीतिगत र वैधानिक रुपमै भ्रष्टाचारलाई प्रवर्द्धन गरिने उल्लेख गरिएको भन्दै ओलीले आपत्ति जनाएका हुन् । 

‘भ्रष्टाचार प्रवर्द्धन गर्ने ? यस्तो नीति तथा कार्यक्रमबाट कस्तो अपेक्षा गर्ने ?’ प्रमुख प्रतिपक्षी दलका अध्यक्ष समेत रहेका ओलीले सरकारको नीति तथा कार्यक्रम कुनै लक्ष्य तथा गन्तव्य विनाको जेरी जस्तै भएको आरोप लगाए । 
नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा के लेखिएको छ ? 

‘भ्रष्टाचारको उच्च जोखिमका क्षेत्र, निकाय र पदीय जिम्मेवारीको विश्लेषण गरी प्रभावकारी अनुगमन र निगरानी गर्दै निरोधात्मक, उपचारात्मक तथा प्रवर्द्धनात्मक अवलम्बन गरिनेछ ।’ यहीँ वाक्यांशलाई दिएर संघीय संसदमा ओलीले सरकारको कटाक्ष गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप