बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एयरपोर्ट भ्रष्टाचारको अड्डा बनेको छ : झलनाथ खनाल

बिहीबार, १२ जेठ २०७९, १७ : ०९
बिहीबार, १२ जेठ २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको एयरपोर्ट भ्रष्टाचारका अड्डा बनेको बताएका छन् । सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता खनालले हरेक श्रमिकहरूबाट एयरपोर्टमा शोषण हुने गरेको भन्दै खनालले भने, ‘विदेश जान खोज्ने हरेक श्रमिकहरूबाट शोषण हुन्छ । यी शोषण गर्ने सम्पुर्ण प्रवृतिहरुलाई विनाश गर्नुपर्छ ।’

उनले शोषण गर्ने मानिसहरुमाथि सरकारले कारवाही पनि गर्नसक्नुपर्ने बताए । उनले नेपालबाट श्रमका लागि विदेश जानेहरुको संख्या अत्याधिक रहेको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नसक्नुपर्ने र त्यो नभए उनीहरुको सुरक्षा ग्यारेन्टी गरेर मात्रै विदेश पठाउनुपर्नेमा सरकारले विशेष ध्यान दिन सक्नुपर्ने बताए । उनले नेपालका श्रमिकहरुको शोषण गरेर एकाध मन्त्री र कर्मचारी मोटाए पनि देश खोक्रो बन्ने भएकाले उक्त प्रवृत्ति अविलम्ब रोक्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप