शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङको मतगणनास्थलमा मिडिया सेन्टर निर्माण: यस्तो छ तयारी

बुधबार, २० मङ्सिर २०७४, ०८ : ०५
बुधबार, २० मङ्सिर २०७४

बेसीशहर - लमजुङमा मंसिर २१ गते बिहीबार साँझ ५ बजेबाट मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुरुमा तीन ठाउँमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना गरिने छ । त्यसपछि चार ठाउँमा प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना हुनेछ  । 

सहायक निर्वाचन अधिकृत एवं स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलका अनुसार,
-पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा जिल्ला समन्वय समितिको बैठक कक्षलाई मिडिया सेन्टरको रुपमा स्थापना गरिएको छ । 

-मंगलबार ‘हाइस्पीड’ इन्टरनेट जडान गरिएको छ । 

-यस कक्षमा पत्रकारले अडियो, भिडियो र समाचार आफ्नै कम्प्युटर(ल्यापटप)बाट पठाउन र लाइभ गर्न सक्नेछन् । 

-एकैपटक १५ जनाले आफ्नो सामग्रीसहित समाचार सम्प्रेषण गर्न सक्नेछन् । 

-पत्रकारलाई आलोपालो गर्ने गरी पासको ब्यवस्था मिलाइने छ । 

-कक्षमा प्रवेशपछि मोवाइल प्रयोग गर्न नदिइने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

एक प्रतिनिधिसभा र दुइ प्रदेशसभाका लागि जिल्लाका एक सय ६५ मतदान केन्द्रका चार सय ९५ मतपेटिका सीसी क्यामराको निगरानीमा राखिएको छ । कुल एक लाख १५ हजार चार सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार तीन सय ४० मत खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप