इंग्ल्यान्डसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली लण्डनमा
लन्डन । इंग्ल्यान्ड र नेपालबिच मे ६ तारिख हुन गइरहेको ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार लन्डन आइपुगेको छ ।
अल्डरसट टाउन फुटबल क्लब स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान किरणकुमार लिम्बूसहितको टोली बेलायत आएका हुन् ।
लन्डन विमानस्थलमा उनीहरूलाई स्वागत गर्न लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी र स्थानीय नेपाली समुदायका अभियन्ताहरू विमानस्थल पुगेका थिए।
लन्डन दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, इंग्ल्यान्डसंगको खेलका लागि नेपाली समुदायका तर्फबाट संयोजक कमल कोने गुरुङ, टिकट संयोजक दिलरास गुरुङलगायतले विमानस्थल पुगेर खेलाडीलाई स्वागत गरेका थिए ।
लन्डनसँग खेल्न पाउनु ऐतिहासिक अवसर भएको र यसबाट नयाँ अनुभव प्राप्त गर्ने अवसर मिल्ने नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले बताए । आफूहरू निकै उत्साहित भएको र हौसला दिन सम्पूर्ण नेपाली समुदायलाई उनले आग्रह गरेका छन् ।
टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजीले नेपाली खेलाडी पूर्ण तयारीमा रहेको बताउँदै यसले ठुलो आत्मविश्वास प्रदान गर्ने जनाए । टीम म्यानेजर उत्तम राजभण्डारीले बेलायतमा नेपाली टिमले पहिलोपटक ऐतिहासिक खेल खेल्न पाएकोमा आयोजकलाई धन्यवाद दिए ।
सोमबार अपरान्ह अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियममा इंग्ल्याण्ड सीसंग ऐतिहासिक खेल खेल्न खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टीमसहित नेपालबाट जम्मा ३० जनाको टोली बेलायत आएको छ । खेल हेर्न करिब ५ हजार दर्शक जम्मा हुने आयोजकले बताएका छन् । नेपाली खेलाडीहरू मे ७ मा नेपाल फर्किने योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण