विप्लव नेकपाका प्रवक्ताले भेटे गृहमन्त्री खाणलाई, आफ्ना कार्यकर्ता रिहाइको माग
बुधबार, २५ जेठ २०७९, ०९ : १२
गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेका थिए।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको जानकारी दिए।
अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै छन् । उनीहरुको रिहा गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुलाई नियमित भेट्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चतुर एन्चेलोटीले कसरी टारे ब्राजिलको संकट ?
-
वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण