बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पाउनु मात्रै होइन माया’ मा दिक्पाल र साक्षीको अभिनय

सोमबार, ०६ असार २०७९, १३ : २४
सोमबार, ०६ असार २०७९

गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक भएको छ । गीतमा उनकै स्वर र संगीत रहेको छ भने एरेन्ज सचिन सिंहले गरेका छन् ।  सुब्रत आचार्य निर्देशित भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । गीतमा त्रिकोणात्मक प्रेम कथा देखाउन खोजिएको छ । 

भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन र जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ ।  तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार स्वार्थी ध्रुवले तीनसय बढी गीत लेखिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप