आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विम्बलडन टेनिस : चोटका कारण बाहिरिए नाडाल

शुक्रबार, २४ असार २०७९, ०७ : १८
शुक्रबार, २४ असार २०७९

राफेल नाडाल पेटको चोटका कारण विम्बलडनको सेमिफाइनलबाट बाहिरिएका छन् । नाडालले शुक्रबार तय भएको निक किर्गियोसविरुद्धको सेमिफाइनल खेल नखेल्ने निर्णय गरेका हुन् । 

चोटका बाबजुद नाडालले बुधबार भएको क्वार्टरफाइनल खेलमा टेलर फिट्जलाई पराजित गरेका थिए ।

नाडाल बाहिरिएसँगै किर्गियस फाइनल पुगेका छन् । उनले फाइनलमा आइतबार नोभाक जोकोभिच र कामेरन नोरिइको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप