रेमिट्यान्स ३.८ प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख बढी
जेठ महिनासम्ममा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।
यता वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ३,१३,३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५२.१ प्रतिशतले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा झुलले खुसी ल्यायो दलित बस्तीकी दुखीलाई
-
क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति
-
प्रदेशसभामा ज्ञानबहादुरले राखे तामाङ भाषामा मन्तव्य
-
सङ्गठन निर्माणमा घनश्यामले देखेका ११ चुनौती (पूर्ण पाठसहित)
-
सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
-
उच्च अदालत अगाडि सुरक्षा व्यवस्था कडा, भिडभाड गर्न रोक