शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङका विजयी उम्मेद्वारले भने– ‘प्रतिवद्धता पुरा गर्छौ’

आइतबार, २४ मङ्सिर २०७४, २१ : २७
आइतबार, २४ मङ्सिर २०७४

बेसीशहर – लमजुङबाट प्रतिनिधि र प्रदेशसभामा विजयी उम्मेद्वारहरुले मतदातामाझ राखेका प्रतिवद्धताहरु पुरा गर्ने वताएका छन् । आइतबार सदरमुकाम बेसीशहरमा भएको विजयी र्यालीपछि संवोधन गर्दै उनीहरुले चुनावका बेला मतदातामाझ राखेका प्रतिवद्धताहरुलाई कार्यन्वयन गरेरै छाड्ने दावी गरेका हुन् ।

 
प्रतिनिधिसभामा विजयी उम्मेद्वार नेकपा माओवादीका केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङले जनताको जनादेशको सम्मान गरेर काम गर्ने भन्दै लमजुङको आर्थिक, सामाजिक विकासका लागि आफु लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘जनताको जनादेशलाई आत्मसात गर्दै हामीले राखेका प्रतिवद्धताहरु पुरा गर्दै अघि बढ्ने छौं ।’, गुरुङले भने, ‘यो जनादेश वाम एकताको पनि हो । वाम एकताले मुलुक लालकिल्ला भएको छ । अबको पाँच वर्षपछि लालकिल्ला मात्र हैन, मुलुकलाई समाजवादी आर्थिक रुपान्तरणको बाटोमा लैजाने छौं ।’ मुलुकको स्वाधिनताको रक्षा, भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्दै मुलुकको सम्वृद्धितर्फ अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रदेश सभा ‘ख’ बाट विजयी नेकपा एमालेका सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले लमजुङको आर्थिक र सामाजिक विकासका लागि अघि सारिएका योजनाहरु पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । बामगठबन्धनबाट घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धतालाई पुरा गरिने आश्वासन दिदैँ ‘हामी लमजुङे सारा जनताहरुमाझ प्रतिवद्धता जनाउन चाहन्छौँ कि हामीले हिजो राखेका वाचाहरु पुरा गर्ने छौँ ।’

‘हामीले अघि सारेका आर्थिक सम्वृद्धि र उन्नतिका योजना कार्यन्वयन गर्न प्रतिवद्ध छौं ।’, गुरुङले भने, ‘भ्रष्टाचारमुक्त, सुशासन कायम गरेर हामीले चाहेजस्तो विकास र सम्वृद्धिको बाटोमा अघि बढ्छौं । नीति निर्माणमा जनताको ब्यापक सहभागिता जनाउँछौं ।’ प्रदेशसभा ‘क’ मा विजयी नेकपा एमाले लमजुङका अध्यक्ष धनन्ञ्जय दवाडीले जनताबाट पाएको विश्वासको उच्च मुल्याङ्कन गर्दै आफूहरुले राखेका वाचाहरु पुरा गर्ने प्रतिवद्धता जनाए ।

‘हामी यो मुलुकमा गरिबी र पछौटेपन हटाउन चाहन्छौं । सामान्ती उत्पादन पद्धतीलाई समाप्त गर्दै, पूँजीको राष्ट्रिय विकास गरेर समाजवादको बाटोमा अघि बढ्न चाहन्छौं । यो नै हाम्रो राष्ट्रिय उद्देश्य हो । राष्ट्रिय संकल्प हो ।’, दवाडीले भने, ‘यही राष्ट्रिय संकल्पमा टेकेर सम्वृद्ध लमजुङ र सुखी लमजुङ्गे बनाउन चाहन्छौँ ।’

    विजयी उम्मेद्वारहरुसहित हजारौँ समर्थकहरुले बेसीशहर बजारमा विजयी जुलुस निकालेका थिए । प्रतिनिधिसभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले फराकिलो मतान्तरले कांग्रेसका दिलबहादुर घर्तीलाई पराजित गरेका हुन । 
    यस्तै प्रदेश सभा ‘क’ मा एमाले उम्मेदवार धनञ्जय दवाडीले कांग्रेसका गर्ज बहादुर गुरुङलाई हराउँदै विजयी बनेका हुन् । यसै प्रदेश नं. ४ को मुख्यमन्त्रीको दावेदार एमालेका पृथ्वीसुब्बा गुरुङले कांग्रेसका कृष्ण कोइरालाई पराजित गर्दै विजयी भएका हुन् ।

लमजुङ कर्णाली भएको भन्दैँ विकाशमा आप्नो साथ रहने गुरुङको प्रतिद्धता


प्रदेशसभा क मा हार व्यहोरेका लोकतान्त्रिक गणबन्धनका उम्मेद्वार गर्जबहदुर गुरुङले आप्ना प्रतिद्धन्दीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । आईतबार विहानै बामगठबन्धनवाट निर्वाचित एमालेका जिल्ला अध्यक्ष समेत रहेका धनञ्जय दवाडीलाई उनकै निवासमा पुगी शुभकामना दिएका हुन । 

शुभकामना दिदैँ गुरुङले भने लमजुङ जिल्लाको पूर्विभाग कर्णली भएको र त्यहाँको विकाश निमार्णका लागि हातेमाले गर्ने छु । आफुले सँधै लमजुङको विकास गर्ने सोच राखेको र त्यो सोच दुई भएर पुरा गर्ने बताए । दुबैको चाहाना एउँटै भएको भन्देँ सडक कालोपत्रे देखी अस्पताल, क्याम्पस खोल्ने कुरामा समेत साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।
 
नेता दवाडी र गुरुङ लमजुङको दुधपोखरी गाउँपालिका एउटै वडाका बासिन्दा हुन् भने निर्वाचनमा समेत दुबैलेसँगै मतदान गरेका थिए ।  दवाडी २०३८ देखि राजनीतिमा सक्रिय रहेका छन् भने गुरुङ बेलायती सेनवाट सेवा निवृद्ध हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप