हुम्ला जोड्ने सडक : बजेट ६५ करोडको, १० महिनामा काम भयो ८ करोडको
काठमाडौँ । उत्तर दक्षिण (कर्णाली करिडोर) खुलालु–सलिसल्ला सडक आयोजनाको काम सुस्त बनेको छ । हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने यो आयोजनाका लागि यस आर्थिक वर्षमा ६५ करोड खर्च गर्ने लिइएपनि यो आर्थिक वर्षको १० महिना समय बित्न लाग्दा ८ करोड अर्थात १२ प्रतिशत मात्र प्रगति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
बहुवर्षिय योजना अन्तर्गत रहेको यो आयोजनाको यो वर्ष १५ किलोमिटर सडक कालोपत्रे तथा एउटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर १० महिनाको अवधिमा जम्मा ५ किलोमिटर सडक मात्र ग्राभेल भएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको विकास प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले २०६५ सालदेखि सुरु भएको यो आयोजनाको कूल अनुमानित लागत १४ अर्ब रहेको छ भने आर्थिक वर्ष २०८३–०८४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराए ।
२०६५ सालदेखि हालसम्म यो आयोजनाको १२३ किलोमिटर ट्रयाक खुलेको, ५ किलोमिटर ग्राभेल स्तरमा स्तरोन्नति भएको, १३ मध्ये ४ पुल निर्माणाधीन र हालसम्म नेपाली सेनाले समेत काम गरेको समेत जोड्दा २ अर्ब रुपैयाँ खर्च भएको छ ।
अझै ११ अर्ब रुपैयाँको ठेक्का गर्न बाँकी रहेको मन्त्रालयको भनाई छ ।
यो आयोजना अन्तर्गत कालिकोट जिल्लाको खुलालुदेखि हुम्ला जिल्लाको सलिसल्लासम्म १२३ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने र १३ वटा पुल निर्माण गर्ने लक्ष्य लिइएको छ ।
यो आयोजना कार्यान्वयनमा ठेक्कापट्टा व्यवस्थापन पश्चात् कडा चट्टान फुटाउन विस्फोटक पदार्थको व्यवस्था, नेपाली सेनासँग विस्फोटक पदार्थको स्वीकृति लिई निर्माण कार्य गर्नुपर्ने भएकोले स्वीकृति प्रक्रिया लामो र झन्झटिलो भएको, अत्यधिक यातायात खर्च प्रतिदिन ३५ हजार रुपैयाँ जिप भाडा जस्ता समस्या रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण