शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत : अवैध उत्खनन रोक्न पुगेका डीएसपीको टिपरले किचेर हत्या

बुधबार, ०४ साउन २०७९, १३ : १५
बुधबार, ०४ साउन २०७९

भारतको हरियाणास्थित पचगांवमा प्रहरीका एकजना डीएसपीको हत्या भएको छ । बीबीसी हिन्दीका अनुसार सुरेन्द्र सिंह बिश्नोईको टिपरले किचेर हत्या गरिएको हो । यस मामिलामा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।

सिंहलाई पचगांव नजिक रहेको अरावली पहाडमा अवैध उत्खनन भइरहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा मंगलबार दिउँसो १२ बजे एक ड्राइभर र प्रहरीलाई लिएर छापा मार्न पुगेका थिए । त्यहाँ पुगेर उनले एउटा सन्दिग्ध टिपरलाई रोकेर आवश्यक कागजपत्र माग गरेका थिए । तर, टिपरका चालकले गाडी उनीमाथि चढाएका थिए । उनको घटनास्थलमा नै मृत्यु भयो ।

हरियाणा प्रहरीले ट्वीट गर्दै भनेको छ, ‘आफ्नो जिम्मेवारी निर्वाह गर्दैगर्दा डीएसपी सुरेन्द्र सिंहले आफ्नो गुमाएका छन् । हरियाणा प्रहरीको समवेदना पीडित परिवारको साथमा छ । दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राखिनेछैन ।’

सिंह १९९४ मा एएसआईका रूपमा प्रहरीमा भर्ती भएका थिए । उनी तावडूमा डीएसपी पदमा तैनाथ थिए । उनी चार महिनापछि रिटायर हुन लागेका थिए । मुख्यमन्त्री लाल खट्टरले सिंहलाई शहीदको दर्जा दिइने बताएका छन् । त्यस्तै, मृतकको परिवारलाई १ करोड भारुको आर्थिक सहायता र परिवारको एक सदस्यलाई सरकारी जागिर दिने पनि उनले घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप