शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी

सोमबार, २५ मङ्सिर २०७४, १९ : ३०
सोमबार, २५ मङ्सिर २०७४

बनेपा– काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत प्राप्त गरेका छन् । 

सोहि क्षेत्रअन्र्तगत प्रदेशसभा सदस्य (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी चन्द्रबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामा २४ हजार ४७७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गरे । 

क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन् । उनले काँग्रेसका मधुप्रसाद आर्चायलाई १७ हजार ८४८ मतान्तरले पराजित गरे । बाँस्कोटाले ५४ हजार ४ सय २७ मत ल्याएर विजयी हुँदा आचार्यले ३६ हजार ५७९ मत प्राप्त गरेका छन् । 

सोहि क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य (क) मा वाम गठवन्धनबाट एमालेका लक्ष्मण लम्साल २७ हजार ६२१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका सुन्दरमणि आर्चायले १६ हजार ५८९ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका बसुन्धरा हुमागाईँले २८ हजार ६७७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका कञ्चनचन्द्र वादेले २१ हजार ७ सय ८० मत प्राप्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप