शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो आउला सुनसरी–३ को नतिजा ?  मतगणना गर्न  आयोगको निर्देशन, एमालेको अवरोध

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : २०
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं– विवादका कारण अवरुद्व भएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अझैं शुरु हुन सकेको छैन ।  

निर्वाचन आयोगले पुन मतगन्न निर्देशन दिएपनि एमालेको अवरोधका कारण शुरु हुन नसकेको हो । 

निर्वाचन आयोगको मंगलबार तत्काल मतगणना सुरु गर्न निर्देशन दिएपनि  एमाले कार्यकर्ताले धाँधली भएको दाबी गर्दै मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन्   । 
सोमबार मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद भएपछि मतगणना स्थगित भएको थियो ।  

विवादमा वाम गठबन्धनका उम्मेदवार नेकपा एमाले नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारबीच एकापसमा धाँधलीको घोचपेच चलिरहेको छ । 
विवादबीच  एमाले र काँग्रेस नेता कार्यकर्ताबीच पटक पटक झडपको स्थिति समेत पैदा भइरहेको छ ।
 पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हजार १७१ मत प्राप्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप