आर्सनलका गोलकिपरलाई ‘गोल्डन ग्लोब’
लण्डन । आर्सनलका गोलकिपर डेभिड रायाले प्रिमियर लिगको ‘गोल्डन ग्लोब’ जितेका छन् । शुक्रबार लुटनले एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डविरुद्ध गोल गरेपछि रायाले यो अवार्ड पक्का गरेका हुन् ।
यो सिजन ब्रेन्टफोर्डबाट ऋणमा आर्सनल आएका रायाले २९ खेलमा १४ वटा क्लिन सिट राख्न सफल भएका छन् । शुक्रबारको खेलअघि पिकफोर्डले मात्र उनलाई उछिन्न सक्ने सम्भावना थियो ।
तर, एलिजा एडेबायोले लुटनका लागि बराबरी गोल फर्काएपछि पिकफोर्डको गोल्डन ग्लोब जित्ने सम्भावनामा धक्का लागेको छ । अब दुई खेल बाँकी छँदा पिकफोर्ड राया भन्दा २ क्लिन सिटले पछि परेका छन् ।
उनले अब रायालाई बराबरी मात्र गर्न सक्नेछन् । रायाले पिकफोर्डभन्दा ७ खेल कम खेलेका छन् । यसरी क्लिन सिटको सूचीमा क्रमशः फुलहमका बर्नाड लेनो (९), म्यानचेस्टर सिटीका एडर्सन (९), एस्टन भिल्लाका एमी मार्टिनेज (८) र म्यान्चेस्टर युनाइटेडका आन्द्रे ओनाना (८) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण