शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आर्सनलका गोलकिपरलाई ‘गोल्डन ग्लोब’

शनिबार, २२ वैशाख २०८१, ०९ : ५५
शनिबार, २२ वैशाख २०८१

लण्डन । आर्सनलका गोलकिपर डेभिड रायाले प्रिमियर लिगको ‘गोल्डन ग्लोब’ जितेका छन् । शुक्रबार लुटनले एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डविरुद्ध गोल गरेपछि रायाले यो अवार्ड पक्का गरेका हुन् ।

यो सिजन ब्रेन्टफोर्डबाट ऋणमा आर्सनल आएका रायाले २९ खेलमा १४ वटा क्लिन सिट राख्न सफल भएका छन् । शुक्रबारको खेलअघि पिकफोर्डले मात्र उनलाई उछिन्न सक्ने सम्भावना थियो ।

तर, एलिजा एडेबायोले लुटनका लागि बराबरी गोल फर्काएपछि पिकफोर्डको गोल्डन ग्लोब जित्ने सम्भावनामा धक्का लागेको छ । अब दुई खेल बाँकी छँदा पिकफोर्ड राया भन्दा २ क्लिन सिटले पछि परेका छन् ।

उनले अब रायालाई बराबरी मात्र गर्न सक्नेछन् । रायाले पिकफोर्डभन्दा ७ खेल कम खेलेका छन् । यसरी क्लिन सिटको सूचीमा क्रमशः फुलहमका बर्नाड लेनो (९), म्यानचेस्टर सिटीका एडर्सन (९), एस्टन भिल्लाका एमी मार्टिनेज (८) र म्यान्चेस्टर युनाइटेडका आन्द्रे ओनाना (८) रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप