नेपाल पत्रकार महासङ्घको चुनाव जेठ २६ मा हुने
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौँमा सम्पन्न महासङ्घको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासङ्घको निर्वाचन गर्ने मिति तोकेको हो ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासङ्घले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरूको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो ।
नेपाली पत्रकारहरूको छाता संस्था महासङ्घमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासङ्घको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् । निर्वाचनको मिति तोके पनि महासङ्घले साधारण सदस्यको टुङ्गो भने लगाइसकेको छैन ।
महासचिव रोशन पुरीले एक साताभित्र साधारण सदस्यको टुङ्गो लगाइसक्ने भन्दै मिति प्रस्ताव गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण