इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु
गाजा । करिब चार महिनासम्म इजरायलको जेलमा थुनिएपछि प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ । ५० वर्षीय डा. अदनान अल-बुर्स अल शिफा अस्पतालको शल्यक्रिया विभागका प्रमुख थिए।
इजरायली जेल सेवाले अप्रिल १९ मा एक विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारणले हिरासतमा राखिएका एक कैदीको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु हुने व्यक्ति डा. अल-बुर्स थिए।
इजरायली जेल सेवाले यस विषयमा थप जानकारी दिएको छैन र यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। यता प्यालेस्टिनी बन्दी संघले एक विज्ञप्ति जारी गर्दै डा. अल-बुर्सको मृत्यु नभएर ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ।
अल शिफा अस्पताल, जहाँ डा. अदनान अल-बुर्स शल्यक्रिया प्रमुख थिए, पछिल्ला केही महिनाहरूमा इजरायली सेनाले धेरै पटक छापा मारेको छ। इजरायली सेनाले डा. अल-बुर्सलाई उत्तरी गाजाको अल अवदा अस्पतालमा अस्थायी रूपमा काम गरिरहेको बेला हिरासतमा लिएको थियो।
गाजामा हमासविरुद्ध इजरायलले गरेको आक्रमणका कारण ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण