बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एनसीसी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम मौका

आइतबार, २२ साउन २०७९, ११ : २६
आइतबार, २२ साउन २०७९

एनसीसी बैंकको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । बैंकको सेयर खरिदका लागि फारम भर्ने आइतबार अन्तिम दिन हो ।  लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।  

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप