एनआरएनए अन्तर्गतको मिडिया टाक्स फोर्स गठन
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ताद्यय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ ।
प्रवक्ताद्वय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), ददि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।
गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष चिरन शर्मा दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ । गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिशमा उपमहासचिवद्धय रामशरण सिमखडा र नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरनजिवी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार