बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा हलिउड अभिनेत्री एनी गम्भीर घाइते

आइतबार, २२ साउन २०७९, १७ : ३०
आइतबार, २२ साउन २०७९

हलिउड अभिनेत्री एनी हेचे सडक दुर्घटनामा गरेकी छन् । उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा ५३ वर्षीया एनी गम्भीर घाइते भएकी छन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्याइएको थियो । उनको अवस्था अहिले नाजुक रहेको बताइएको छ । एनीले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।

रिपोर्टका अनुसार एनी हेचेको लस एन्जलसमा शुक्रबार बिहान कारण दुर्घटना भएको थियो । अभिनेत्रीको कार लस एन्जलसको मार भिस्टाको वाल्ग्रोभ एभिन्यूमा रहेको भवनमा ठोक्कियो । उक्त दुर्घटनामा अभिनेत्री नराम्ररी जलेकी छन् । दुर्घटनापछि उनको कारमा आगो लागेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप