उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकांक्षी
बुधबार, २५ साउन २०७९, ०६ : ५१
उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकांक्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।
परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।
कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोटमा गरी सूची प्रकाशित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपामा थप चर्कियो विवाद, संसदीय दलको नेता दुई जना !
-
इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
-
सहकारी समस्या समाधानमा सरकारी पहलदेखि बजेट अधिवेशन आह्वानसम्म
-
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामा पठाउन आदेश
-
सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त
-
पूर्वमन्त्री सुदन किराती भोजपुरमा बाँदर धपाउने अभियानमा व्यस्त