चीनको छिङदाओमा हिमालय एयरलाइन्सद्वारा कूटनीतिक चार्टर उडान
परराष्ट्र मन्त्रालयको अनुरोधमा हिमालय एयरलाइन्सले कूटनीतिक चार्टर उडान गरेको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्काको औपचारिक भ्रमणका लागि चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गरेको एयरलाइन्सले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालय एयरलाइन्स गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तव्यतर्फ प्रस्थान गरेको थियो । छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन गते नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु फर्किनेछन् ।
सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।
काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एयरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको जनाएको छ। चीनमा आज परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार