नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको दोस्रो जित
आइतबार, २९ साउन २०७९, ०७ : ४४
स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति घरेलु मैदानमा पीएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित गर्यो । पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक एक गोल गर्दा फालाए साक्नोले आत्मघाती गोल गरे ।
यस्तै भ्रमणकारी टोलीका लागि वाहबी खाज्री र यन्जोले सान्त्वना गोल गरे । पीएसजीको जितमा लियोनल मेस्सी भने गोल बिहिन रहे ।
जितसँगै दुई खेलबाट ६ अंक बनाएको पिएसजी शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिलको ४ अंक छ । यस्तै पराजित मोन्ट ४ अंक सहित आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !