कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत
पोखरा -मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ ।
कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र० तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाउनुभएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका तीन र प्रदेशसभाका नौ निर्वाचन क्षेत्र रहेको जिल्लामा राप्रपा, राप्रपा ९प्र०, नयाँशक्ति, विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चालगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खसेको सदर मतको १० प्रतिशत ल्याउन नसकेकाले जमानत जफत भएको हो ।
वाम गठबन्धनबाट नेकपा ९एमाले०ले प्रतिनिधिसभाका तीन, प्रदेशसभाका तीन र माओवादी केन्द्रले प्रदेशसभामा तीन तथा लोकतान्त्रिक मोर्चाबाट नेपाली काँग्रेसका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा उम्मेदवारी दिएका थिए ।
प्रदेशसभा क्षेत्र नं २ ९ख०मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भए भने अन्य सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जितेका थिए । जिल्लाको कूल दुई लाख ५५ हजार ४५२ हजार मतदाता रहेकोमा निर्वाचनमा एक लाख ८० हजार ५७३ मत खसेकोमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार