मोरङमा ५ प्रतिशतभन्दा बढी मत बदर
विराटनगर– मतदाता शिक्षा प्रभावकारी नहुँदा मोरङमा खसेको मतमध्ये पाँच प्रतिशतभन्दा बढी बदर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल चार लाख ६५ हजार ३४ मत खसेकोमा २४ हजार ६ सय ४४ अर्थात् ५ दशमलव ३४ प्रतिशत मत बदर भएको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं–१ मा ७१ हजार ४ सय २७ मत खसेकोमा तीन हजार २ सय ७७ अर्थात् ४ दशमलव ३९ प्रतिशत मत बदर भएको छ ।
त्यस्तै, क्षेत्र नं २ मा ८० हजार २४९ मत खसेकोमा चार हजार ४ सय ६० अर्थात् ५ दशमलव ५६ प्रतिशत मत र क्षेत्र नं ३ मा ९१ हजार ६ सय ०३ मत खसेकोमा चार हजार १ सय ६० अर्थात् चार दशमलव ५४ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं ४ मा ७१ हजार ५८ मत खसेकोमा चार हजार १ सय २९ अर्थात् ५ दशमलव ८१ प्रतिशत मत बदर भएको हो ।
,
क्षेत्र नं ५ मा सबैभन्दा बढी मत बदर भएको छ । सो क्षेत्रमा ६८ हजार २ सय ९२ मत खसेकोमा चार हजार ३ सय ६३ अर्थात् ६ दशमलव ३९ प्रतिशत र क्षेत्र नं ६ मा ७९ हजार १२८ मत खसेकोमा चार हजार २ सय ५५ अर्थात् ५ दशमलव ३८ प्रतिशत मत बदर भएको थियो । मोरङमा कूल ६ लाख ४४ हजार ७ सय ८२ मतदातामध्ये चारलाख ३५ हजार ३४ अर्थात् ७२ दशमलव २५ प्रतिशत मतदान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार