मोरङमा समानुपातिकमा नेपाली काँग्रेस पहिलो
शुक्रबार, २९ मङ्सिर २०७४, १५ : ०१
विराटनगर– प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५ सय ४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा एमालेले एक लाख ४४ हजार ८ सय २४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्रले ४४ हजार ९ सय ५१ मत प्राप्त गरी तेस्रो स्थान कायम गरेको छ ।
त्यस्तै, संघीय समाजवादी फोरम नेपालले २९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनता पार्टीले आठ हजार ८ सय ९७ मत प्राप्त गरेका हुन् । मोरङको कूल मतदातामध्ये समानुपातिकतर्फ चार लाख ५९ हजार १ सय ७२ मत खसेकामा ४१ हजार ५ सय ७१ मत बदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार