समानुपातिक मतगणनाः ६१ हजार मतले कांग्रेस पछाडि
काठमाडौं–समानुपातिक मतगणनामा नेपाली कांग्रेस एमालेभन्दा ६१२ हजार मतले पछि परेको छ । शनिबार बिहानसम्मको मतगणना अनुसार एमाले भन्दा कांग्रेस ६१ हजार ८७२ मतले पछि परेको हो ।
पछिल्लो मतगणना अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले ३१ लाख ३३ हजार ६६ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ७१ हजार १९४ मत ल्याएको छ ।
यसैगरी एमाले र कांग्रेसको तुलनामा नेकपा माओवादी केन्द्रले निकै मत ल्याएर तेस्रो बनेका छ । माओवादी केन्द्रले १२ लाख ७४ हजा ७५१ मत ल्याएको छ ।
यस्तै चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ८४४ मत ल्याएको छ भने पाँचौ स्थानमा रहेको राजपा नेपालले ४ लाख ४७ हजार ९८१ मत ल्याएको छ ।
यी ५ दलले थ्रेस होल्ड कटाउँदै राष्ट्रिय दलको मान्यता पाउन भएका छन् । संवैधानिक व्यवस्था अनुसार प्रत्यक्षमा कम्तीमा १ सिट र समानुपातिकमा ३ प्रतिशत अर्थात थ्रेसहोल्ड कटाउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार